धनगढी पोष्ट शनिबार, १७ साउन २०८२   August 2, 2025

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन् ।

नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभामा उपस्थित थिएनन् ।

उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् । काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ । मत पणिाम भने घोषणा हुन बाँकी छ ।