धनगढी पोष्ट शनिबार, १७ साउन २०८२   August 2, 2025

कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ

कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। बिहिबार भजनी नगरपालिका – ३ कुसमघाटस्थित भारतबाट नेपाल तर्फ आउदै गरेका जानकी गाउँपालिका – ५ पथरैयाका २२ वर्षीय रुपेश चौधरी सहित २ जना पक्राउ परेका हुन ।

से ४ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट ७७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै घोडाघोडी नगरपालिका –१ कैलाली चोकबाट पैदल हिडीरहेको अबस्थामा सुन्दरपुर बस्ने २४ वर्षीय चन्दु विक पक्राउ परेका छन्। उनको साथबाट २ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।