श्रोतको पहिचान तथा लागनी बिषयका छलफल

युवाको यौन तथा प्रजनन स्वास्थ्यमा लगनी बढाउनु पर्नेमा जोड

युवाको यौन तथा प्रजनन स्वास्थ्यमा लगनी बढाउनु पर्नेमा जोड

धनगढी । युवाको यौन तथा प्रजनन स्वास्थ्य र बृहत यौनिक शिक्षाको  निरन्तरताको लागि  राज्यले  जिम्मेवार हुदै लगानी बढाउनु पर्नेमा जोड सामाजिक अगुवाहरुले जोड दिएका छन् । देशको भावी पुस्तालाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा समयमै जानकार र जिम्मेवार बनाउन  सरकारले लगानी बढाउनुका साथै  यौन तथा प्रजनन शिक्षालाई अझै बिस्तार गर्नु पर्ने बिकासका  लागि युवा ऐक्यवद्धता (यार्ड) ले  सोमबार धनगढीमा आयोजना गरेको युवाको यौन तथा प्रजनन स्वस्थ्य र बृहत यौनिक शिक्षाको सवालको निरन्तरताका लागि श्रोतको पहिचान तथा लागनी बिषयका छलफलका सहभागीहरुले जोड दिएका हुन् ।

फाया नेपालका कार्यक्रम निर्देशक शेर बहादुर बस्नेतले यौन तथा प्रजनन स्वास्थमा अझै धेरै काम गर्न बाकी रहेको बताउँदै यसमा लगानीको लागि राज्य जिम्मेवार बन्नु पर्ने बताए । 

याक नेपालमा महासचिव हृदय पुजाराले  यौन तथा प्रजनन शिक्षा बिद्यालय शिक्षामा रहेको बताउँदै  सम्वन्धित क्षेत्रका अनुभवी बिज्ञको अनुभवले बिद्यार्थीको बुझाई बढी हुने र बिश्वास बढी हुने बताए ।

नेपाल परिवार नियोजन संघ कैलालीका प्रमुख चेतराज फुलाराले किशोर किशोरीमा यौन तथा प्रजनन स्वस्थ्यका बारेमा जानकारी बृद्धि गर्न किशोरकिशोरीमैत्री सुचना केन्द्र अति आवश्यक रहेको बताए ।

सुदुरपश्चिमा पहाडी क्षेत्रका केही पालिकाहरुले किशोरकिशोरी मैत्री सुचना केन्द्र  संचालन गरेको  र यसले राम्रो प्रभाव पारेको बताउँदै फुलाराले पहल गरेमा प्रदेश र पालिकाहरुले यसमा लगानी बढाउन सक्ने बताए ।

स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत धर्मानन्द गिरीले किशोरकिशोरीहरु यौन तथा प्रजनन क्षेत्रमा सचेत हुन आवश्यक रहेको बताए । सुदुरपश्चिममा युवाको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अवस्था बिषयका कार्यपत्र प्रस्तुत गर्दै गिरीेले सुदुरपश्चिम प्रदेशमा यौन तथा प्रजनन स्वास्थ्य लिने किशोरकिशोरीहरुको संख्या बढिरहेको बताए ।

युवाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र वृहत यौनिकता शिक्षाको क्षेत्रमा सम्भावित स्रोत पहिचान गर्नु, सुदूरपश्चिम प्रदेशको यस क्षेत्रको वर्तमान अवस्थाबारे छलफल गर्नु र नेपाल सरकारले प्रकाशित गरेको युवामैत्री सिकाइ केन्द्रका बारेमा विचारविमर्श गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न संस्था तथा नागरिक समाजका गरी ४५ जना सहभागीको रहेको थियो ।

 कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र वृहत यौनिकता शिक्षाका लागि आन्दोलन सञ्चालन गर्न सक्छन् र स्थानीय सरकार, मानव अधिकारकर्मी तथा अन्य सरोकारवालाहरूसँगको सहकार्यमा विभिन्न नयाँ कार्यक्रमहरू कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा गहन छलफल  भएको थियो ।

कार्यक्रम सँचालन यार्डकी कार्यक्रम अधिकृत   आरती लुहारले गरेकी थिइन् ।