धनगढी पोष्ट मङ्गलबार, २८ असोज २०८२   October 14, 2025

उन्मुक्तिकी अध्यक्ष रन्जिताद्धारा ससदिय दलका नेता गंगारामलाई कारवाही

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको संसदीय दलका नेता गंगाराम चौधरीलाई कारवाही गरेकी छिन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले संसदीय दलको नेता र पार्टी पदाधिकारी नरहने गरी कारबाही गंगारामलाई कारवाही गरेकी हुन् ।

अध्यक्ष श्रेष्ठ शुक्रबार पत्र पठाउँदै चौधरीलाई कारबाहीको जानकारी गराएकी हुन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको र आफुमाथि लागेको आरोप स्वीकार गरेकाले चौधरीलाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएकी छन् ।

मिति २०८२।०४।०३ गते संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधान विपरीत केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको, संवैधानिक आयोगको रूपमा रहने सम्मानित निर्वाचन आयोगको बैठक संख्या १०३३२०८) को मिति २०८०।११।२४ को निर्णय विपरीत पार्टीको महासचिव पद उल्लेख गरी पार्टीको छाप तथा लेटरप्याड दुरुपययोग गरि विभिन्न निर्णय एंव पत्राचारहरू गरेको, दल त्याग गरेको एवं केन्द्रीय कमिटी पदाधिकारी समेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको” पत्रमा अध्यक्ष श्रेष्ठले कारबाहीको कारण खुलाएकी छन् ।