धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

१० दिन पछि सुदूरपश्चिममा दैनिक ५ हजार स्वाव परिक्षण

१० दिन पछि सुदूरपश्चिममा दैनिक ५ हजार स्वाव परिक्षण

धनगढी

 कोरोना संक्रमण पत्ता लगाउन महत्वपूर्ण मानिने पिसिआर परिक्षणको दायरा बढाउँदै सुदूरपश्चिममा १० दिन पछि दैनिक ५ हजार स्वाव परिक्षण गर्न सकिने भएको छ ।

 हाल तीन वटा पिसीआर मेसिन सञ्चालनमा रहेका र १० दिन भित्रै थप दुई वटा पिसीआर मेसिन सञ्चालनमा आएपछि परिक्षणको दायरा बढाउँदै दैनिक ५ हजार सम्म स्वाव परिक्षण गर्न सकिने स्वास्थय निर्देशक गुणराज अवस्थीले बताए । उनका अनुसार धनगढी र डडेल्धुरामा प्रयोग भइरहेका पिसीआर मेसिनको स्तरउन्नती गरी १/१ हजार स्वाव परिक्षण गर्न सकिने बनाइएको छ । यस अघि दुई वटै मेसिन बाट दैनिक २ सय ७० का दरले साढे पाँच सय सम्म स्वाव परिक्षण हुँदै आएको थियो । 

 त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका ३ वटा मेसिन बाट पनि दैनिक १/१ हजार स्वाव परिक्षण गर्न सकिने छ । अवको १० दिन भित्र प्रदशका ४ जिल्लामा ५ वटा पिसीआर मेसिन सञ्चालनमा आउने छन् स्वास्थय निर्देशक अवस्थीले भने–‘५ वटा मेसिनले दैनिक ५ हजार स्वाव परिक्षण गरी कोरोना नेगेटिभ पोजेटिभ छुट्याउन सकिने छ ।

‘ सुदूरपश्चिममा संघिय सरकारको समन्वयनमा सञ्चालित सेती प्रादेशिक अस्पताल धनगढीको पिसीआर मेसिन र डडेल्धुरामा रहेको मेसिनमा नयाँ प्रविधी जडान गर्दै परिक्षण गर्ने क्षमता बढाइएको छ निर्देशक अवस्थीले भने–‘प्रदेश सकरारले हालै खरिद गरी जडानको तयारी मा रहेका तीन वटा मेसिनले सिधै १ हजार स्वाव परिक्षण गर्न सक्ने क्षमता राख्दछ ।