चार दिनदेखि बेपत्ता आमा  छोरी सहित झुण्डिएको भेटिइन्

चार दिनदेखि छोरी सहित बेपत्ता कैलालीकी एक महिला छोरी सहित मृत अवस्थामा फेला परेकी छिन् ।

घोडाघोडी नगरपालिका ७ की २१ वर्षीया आरती कुमारी डगौरा आफ्नी र  १० महिनाकी छोरी सहित झुण्डिएको अवस्थाा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरी २९ साउनदेखि घरबाट बेपत्ता भएकी थिइन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरी सहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताए ।

आमाछोरी एउटै रूखमा फरक फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए ।

साउन २९ गते बेपत्ता भएका उनीहरुको परिवारको आग्रहमा परिवारले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको हो ।

उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।