राष्ट्रिय सभामा बहुमत बनाउँछौं अनि संविधान संशोधन गछौं : महाँसचिव पोखरेल

राष्ट्रिय सभामा बहुमत बनाउँछौं अनि संविधान संशोधन गछौं : महाँसचिव पोखरेल

धनगढी । नेकपा एमालेका महाँसचिव शंकर पोखरेलले राष्ट्रिय सभामा बहुमत नहुँदा संविधान संशोधनको प्रकृया अघि बढाउन नसकिएको बताएका छन् । प्रतिनिधि सभामा कांगेस एमालेसंग स्पष्ट बहुमत भएपनि राष्ट्रिय सभामा शत्तारुढ दलसंग स्पष्ट बहुमत नहुँदा संविधान संशोधनको मुद्धा अघि बढाइने बताउनु भयो । ‘सरकार गठनको समयमा संविधान संशोधन सहित विभिन्न बुदामा दुई दलविच सहमति भएको थियो,’ ती एजेण्डा कार्यान्वयनमा हामी कछिबद्ध छौं, तर अहिले राष्ट्रिय सभामा दुई दलसंग बहुमत शिद्ध गर्ने मत छैन, जसका कारण संविधान संशोधनको मुद्धामा जान नसकेका हौं ।’ 
उनले आगामी पुष पछि राष्ट्रिय सभाका २० सिट खाली हने बताए । रिक्त हुने २० सीट कांग्रेस एमाले मिलेर चुनाव लड्ने पोख्रेलले बताए । राष्ट्रिय सभामा २० सिट प्राप्त गरेसंगै शत्तारुढ दलसंग राष्ट्रिय सभामा पनि स्पष्ट बहुमत हुने पोख्रेलको दावि छ । प्रतिनिधि सभा र राष्ट्रिय सभमा बहुमत प्राप्त भएसंगै संविधान संशोधनका लागि अन्य दलसंग पनि समन्वय गरिने पोख्रेलले बताए ।
 


ट्रेन्डिङ