धनगढी पोष्ट शनिबार, ०३ माघ २०८२   January 17, 2026

गेटा छोडेर धनगढीमा स्वास्थ्यमन्त्री पौडेल

गेटा छोडेर धनगढीमा स्वास्थ्यमन्त्री पौडेल

धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल गेटा अस्पताल नगएर धनगढी पुगेका छन् । गेठामा मेडिकल विश्वविद्यालय निर्माण नगरेको भन्दै स्थानीयले बुधबार बिहानै देखि चर्को बिरोध गरेका थिए ।

बुधबार मन्त्री प्रदीप पौडेलले अस्पताल अवलोकन र इमरजेन्सि सेवा उद्घाटन गर्ने कार्यतालिका रहेको भएपनि अन्ततः उनि अस्पतालनै नपुगि धनगढी पुगेका हुन् ।

७ महिना अघि आर्थिक बर्ष २०८१÷०८२ मै शहिद दशरथचन्द गेटा मेडिकल विश्वविद्यालय सञ्चालन गरेर देखाउने वाचा गरेका मन्त्री पौडेल हाल इमरजेन्सि सेवा उद्घाटन गर्न आएको भन्दै स्थानीयले बुधबार बिहानै देखि अस्पतालको गेटमा बसेर धर्ना दिएका थिए । स्थानीयको अबरोधका कारण मन्त्री पौडेल अस्पतालमा नगएको बुझिएको छ ।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले भने गेटा जाने समय अभाव भएका कारण मन्त्री धनगढी आउनु भएको बताए । सुनारका अनुसार मन्त्री पौडेलले बिहीबार बिहान धनगढीमा पत्रकार सम्मेलन गर्ने छन् ।