धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

मुख्यमन्त्रीको सम्बोधन आज पनि नहुने

मुख्यमन्त्रीको सम्बोधन आज पनि नहुने

धनगढी

मुख्यमन्त्री त्रिलोचन भट्टले आज पनि प्रदेश सभामा सम्बोधन नगर्ने भएका छन् । शुक्रबारका लागि निर्धारण गरिएको मुख्यमन्त्रीको सम्बोधन आइतबारका लागि सारिए पनि आवश्यक तयारी नपुगेको भन्दै आज पनि नहुने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट मंगलबार (२७ गते) मुख्यमन्त्रीले सम्बोधन गर्ने र सोही अनुसार समय मिलाइदिन आग्रह गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

शुक्रबारका लागि निर्धारित सम्बोधनको कार्यक्रम नहुने भएपछि सभामुख अर्जुन बहादुर थापाले प्रदेश सभा बैठक नै स्थगित गरेका थिए ।  प्रतिपक्षी दलले कोरोना भाइरस नियन्त्रणको प्रयासमा भएको खर्च विवरण सार्वजनिक सहित अन्य माग सारेपछि सो बिषय सम्बोधन गर्न चाहेका मुख्यमन्त्री भट्टलाई उनकै पार्टीका प्रदेश सभा सदस्यहरुले बाढी प्रभावित बारे पनि बोल्न सुझाव दिएपछि बाढी प्रभावित क्षेत्रबाट तथ्यांक संकलन गर्न लगाई मंगलबार मात्रै सम्बोधन गर्ने तयारी गरेको नेकपा संसदीय दलले जनाएको छ ।