राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

राज्य व्यवस्था समिति सभापतिमा  ईश्वरी न्यौपाने निर्विरोध

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरी देवी न्यौपाने निर्विरोध चयन भएकी छन् । निर्धारित समयसम्म न्यौपानेले मात्र उम्मेदवारी दिएपछि सर्वसम्मत बनेकी हुन् ।

प्रतिनिधिसभाका सचिव हर्क राईका अनुसार निर्धारित समयभित्र ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा रामहरि खतिवडा र समर्थकमा कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बुधबार ३ बजेका लागि बोलाइएको छ । सोही बैठकमा न्यौपाने सभापति भएको घोषणा हुने संसद सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसको केन्दिय सदस्य समेत रहेकी न्यौपाने कैलालीकी हुन् ।


ट्रेन्डिङ