धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

सुदूरपश्चिममा थप १५ जनामा कारोना संक्रमण

सुदूरपश्चिममा थप १५ जनामा कारोना संक्रमण

धनगढी

 सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कारोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनगढीका तीन तथा डडेल्धुरा अस्पताल डडेलधुराको प्रयोगशालामा १२ जनामा संक्रमण पुष्टी भएको हो ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा अस्पतालमा गरिएको स्वाव परिक्षणमा बैतडीका १, डडेल्धुराका ३ र डोटीका ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

 यसै गरी आइतबार दिउँसो ३ बजे सम्म सेती प्रादेशिक अस्पतालमा गरिएको ३ सय ५२ जनाको स्वाव परिक्षणमा धनगढी उप–महानगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

 सेती प्रादेशिक अस्पतालले जारी गरेको कोरोना भाइरसको उपचार र परिक्षण सम्बन्धी पछिल्लो विवरण अनुसार कोरोना पुष्टी हुनेमा धनगढी उप–महानगरपालिका–४ का २७ र २८ बर्षे दुई पुरुष तथा वडा नम्बर–८ का ४० बर्षे पुरुष रहेका छन् ।


ट्रेन्डिङ