धनगढी पोष्ट आइतबार, २२ भदौ २०८२   September 7, 2025

एक्स र विच्याट सूचीकरणका लागि आए सरकारको  सम्पर्कमा

नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै एक्स, विच्याट हाम्रोपात्रोले सूचीकरणका लागि चासो देखाएका छन्

इन्टरनेट सेवा प्रदायकहरूले सरकारी निर्देशन अनुसार शुक्रबारदेखि ती सञ्जालहरू अवरुद्ध गर्न थालेका छन् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, प्रतिबन्धको निर्णयपछि शुक्रबार बिहानसम्म तीन कम्पनी सम्पर्कमा आएका हुन्

सूचीकरणका लागि एक्स, हाम्रोपात्रो विच्याटले  चासो देखाएका छन् हाम्रोपात्रो प्रक्रियामा अग्रसर भइसकेको प्रवक्ता ठाकुरले भने, ‘विच्याटले पनि निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रक्रिया अघि बढाउन प्रतिनिधि पठाएको

गत साता मन्त्रालयले सूचीकरणका लागि दिएको एक साताको समयसीमा बुधबार राति सकिएपछि सरकारले यस्तो कदम चालेको हो

सरकारले मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरू मार्फत आफ्नो निर्णय कार्यान्वयन गरिरहेको इन्टरनेट सेवा प्रदायक सङ्घ (आईएसपीएएन) का अनुसार, वेबसाइटमा आधारित पहुँच बन्द भइसके पनि एपहरूमा पुर्ण रूपमा बन्द हुन शुक्रबार मध्यरातसम्म लाग्नेछ

आईएसपीएएनका अध्यक्ष सुधीर पराजुलीले भने, ‘यी अधिकांश एपमा आधारित सेवा भएकाले इन्टरनेट खपतमा पर्ने प्रभावको वास्तविक लेखाजोखा त्यसपछि मात्र थाहा हुनेछ बन्दपछि कति ट्राफिक भीपीएनतर्फ मोडिन्छ भन्ने पनि मुल्याङ्कन गरिनेछ