धनगढी पोष्ट आइतबार, २२ भदौ २०८२   September 7, 2025

लम्कीमा जुत्ताचप्पल गोदाममा आगलागी :  ७० लाखको क्षति

लम्कीचुहा नगरपालिकामा जुत्ताचप्पलको गोदाममा भएको  आगलागीबाट ७० लाख बढीको क्षति भएको छ ।

लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा शुक्रवार राति साढ् नौ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताऐ । आगलागी भए लगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

उक्त  गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति नभएको प्रहरी निरीक्षक  सिंहले बताए  ।

गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।