धनगढी पोष्ट आइतबार, ०३ फागुन २०८२   February 15, 2026

कञ्चनपुरबाट भारतीय नक्कली नोट बोकेका तीन भारतीय नागरिक गाडी सहित पक्राउ

कञ्चनपुरबाट भारतीय नक्कली नोट बोकेका तीन भारतीय नागरिक गाडी सहित पक्राउ

धनगढी । कञ्चनपुरमा एक सय ४७ वटा नक्कली नोटसहित तीन जना भारतीय नागरिक गाडी सहित पक्राउ परेका छन् । भारतीय नागरिक संगै दुई जना नेपालीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले युपी १४ बिएच २०७३ नम्बरको गाडीमा चेकजाँच गर्दा पाँच सयका एक सय ४७ भारतीय नोटहरू फेला पारेको बताएको छ । इलाका प्रहरी कार्यालय, झलारीको टोलीले शुक्लाफाँटा नगरपालिका–३ जोनपुरमा रहेको नेपाली सेनाको श्री रणसिंह सुरक्षा गण पोेष्टबाट भारतीय नम्बर प्लेटको गाडी चेकजाँच गर्दा नक्कली नोट फोला पारेको हो । भारतीय तीन नागरिकसहित पाँच जना र एक लाख १७ हजार छ सय नेपाली रुपैयाँ र भारतीय नम्बर प्लेटको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्रउ पर्नेमा भारतको बरेली तेसिलमिगञ्ज ग्रामका २५ वर्षीय कुलदिप चतुर्बेदी, भारत बरेली फटितेगञ्जका २० वर्षीय अमित यादव र भारतको बरेली उदमसिंहनगर उत्तरखण्डका २४ वर्षीय हिंमासु शर्मा रहेका छन् । उनिहरुसंगै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ वन्साहका ३२ वर्षीय गौगातबहादुर सिंह, सोही ठाउँका २४ वर्षीय चन्द्र बोहरालाई पनि नियन्त्रणमा लगिएको प्रहरीले जनाएको छ ।