धनगढी पोष्ट शनिबार, १० साउन २०८२   July 26, 2025

सेनाको निगरानीमा सिल गरिएको नेपालगन्ज दिनभर सुनसान

सेनाको निगरानीमा सिल गरिएको नेपालगन्ज दिनभर सुनसान

धनगढी

 नेपालगन्ज समुदायस्तरमा कोरोना फैलिएपछि सेनोका परिचालन गरेर सिल गरिएको नेपालगन्ज दिनभरि सुनसान छ । बजारम ठाउँठाउँमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको उपस्थिति मात्र देखिएको छ । नेपालगन्जका चोक र चौराहमा बिहनैदेखि काँडेतार लगाइएका छन् । सुर्खेत रोडलाई बाहिर पारेर सील गरिको क्षेत्रमा नेपाली सेनालाई परिचालन गर्नुका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि खटाईएको छ ।

 बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले समुदायस्तरमा कोरोना संक्रमण फैलिने क्रम नरोकिएकोले नेपाली सेनाको अगुवाईमा सवै सुरक्षा संयन्त्र परिचालन गरिएको बताए । सिलको अवधिमा सबै गतिविधि रोकिएकोले बाहिर ननिस्केर सहयोग गर्न प्रजिअ कुरुम्वांगले आग्रह गरे । पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लामा सिल गरिएको

 साउन २५ गते शुरु भएको सिल साउन २७ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले बताए ।