धनगढी पोष्ट
सोमबार, २३ भदौ २०८२ मा प्रकाशित
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । मन्त्री गुरुङका विरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण सन्देश प्रवाह हुन थालेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।
सुरक्षा संवेदनशीलताका कारण मन्त्री गुरुङको निवासदेखि कार्यालय आवतजावतसम्म सुरक्षा घेरो बलियो पारिएको छ । सार्वजनिक कार्यक्रममा पनि उनका वरिपरि सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिएको छ।
केही सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङविरुद्ध जनआक्रोश बढेको देखिन्छ । उनले फेसबुक बन्द भए फोटो भाइबरमा पोष्ट गर्नु भन्ने जस्ता जवाफ दिन थालेपछि जनता उनीप्रति आक्रोशित हुँदै गएका छन् ।