धनगढी पोष्ट सोमबार, २३ भदौ २०८२   September 8, 2025

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । मृतकको परिचय खुल्न बाँकी छ ।