धनगढी पोष्ट सोमबार, २३ भदौ २०८२   September 8, 2025

जेनजी आनदोलनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

जेनजी आनदोलनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको मृत्यु भएको छ । यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ६ पुगेको छ । केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, एक जनाको मृत्यु भएको हो । त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ । आन्लोदनका क्रममा घाइते भएका मध्य  सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको पुष्टि भएको छ ।