धनगढी पोष्ट मङ्गलबार, २४ भदौ २०८२   September 9, 2025

सुदूरपश्चिम प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आगजनी

सुदूरपश्चिम प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आगजनी

धनगढी । जेनजी जेनेरेसनका प्रदर्शनकारीले धनगढी स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आगजनी गरेका छन् । मुख्यमन्त्री कार्यालयमा रहेको गाडी सहित कार्यालयमा आगजनी गरेका हुन् । यस्तै प्रदेश प्रमुखको कार्यालय, भौतिक पूर्वाधारम मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, खानेपानी संस्थान, घरेलु तथा साना उद्योगको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र प्रदेश सभामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।