धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

सेना सुरक्षाका लागि सडकमा, धनगढी बजार पुरै बन्द

सेना सुरक्षाका लागि सडकमा, धनगढी बजार पुरै बन्द

धनगढी । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज (बुधबार) बिहानैदेखि सडकमा नेपाली सेना सहितका सुरक्षाकर्मी देखिएका छन् । सेनाले सुरक्षा सम्हालदेखि धनगढी बजार भने पुर्ण रुपमा बन्द छ ।

बिहानै धनगढीमा फाट्टफुट्ट बजार खुलेको थियो । तर नेपाली सेनाले आएर पसल नखोल्न भनेपछि खुलेका पसलहरु पनि बन्द भएका थिए ।

अहिले धनगढीमा छोटो तथा लामो दुरीका  सार्वजनिक सवारी साधनहरु चलेका छैनन् । तर व्यक्तिगत सवारी साधन र अटोहरु भने चलिरहेका छन् । अति जरुरी कामका  सर्वसाधारणहरु मात्र बजारमा आवतजावत गरिरहेका छन् ।