धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

धनगढीको मुख्य शहरी क्षेत्र डुबानमा

धनगढीको मुख्य शहरी क्षेत्र डुबानमा

धनगढी

गए रातिदेखिको अबिरल बर्षापछि पानी भरिएपछि धनगढी उपमहानगरपालिकाको मुख्य शहरी क्षेत्रका अधिकांश क्षेत्र डुवानमा परेका छन् ।

धनगढीको क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, बिशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, चटकपुर लगायतका अधिकाशं शहरी क्षेत्रमा डुवान भएको हो  ।

वडा नम्बर ७ को मनेहरा, मोतिचोक, भानुचोक क्षेत्र, वडा नम्बर १२ को मनेहरा मुक्त कमैया बस्तीमा पानी भरिएको छ । मुक्त कमैया बस्तीका १ सय ५० घरमा पानी पसेकोे वडा अध्यक्ष गणेशराज जोशीले जानकारी दिए । अध्यक्ष जोशीले स्काभेटरले सडक किनारका नालीहरु थुप्रिएको माटो हटाएर पानीलाई निकास दिने काम भइरहेको बताए ।

मुक्त कमैया शिबिर र कम्पनी गाउँको बीचमा रहेको कालिका मन्दिरको नर्सरीमा रहेका चार वटा सिंसौंका रुख ढल्दा ५ घण्टा बाटो अवरुद्ध भएको थियो । डोजरको प्रयोग र स्थानीयहरुको सहयोगमा रुखहरु हटाएर ११ बजेदेखि बाटो सञ्चालन गरिएको वडा अध्यक्ष जोशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घरमा पानी पसेको बताए। बजार क्षेत्र जलमग्न भएको र तीन सय घरमा पानी पसेको जानकारी आएको उनले बताए । हालसम्म ५५ घरमा क्षति पुगेको बिबरण प्राप्त भएके बाँकी बिबरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका  सहप्रवक्ता समेत रहेका प्रहरी निरिक्षक थापाले बताए ।