धनगढी पोष्ट
शुक्रबार, २७ भदौ २०८२ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलले पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
जेनजी पुस्ताको आन्दोलनपछि अघिल्लो सरकार पतन भएसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । जेनजीको प्रस्ताव अनुसार नै उनको नियुक्ति भएको हो ।
आजै सपथ लिएर उनले पदभार ग्रहण गर्दैछिन् ।