धनगढी पोष्ट शनिबार, २८ भदौ २०८२   September 13, 2025

नवनियुक्त प्रधानमन्त्री  कार्कीले लिइन सपथ, मन्त्री नियुक्त भएनन्

नवनियुक्त प्रधानमन्त्री  कार्कीले लिइन सपथ, मन्त्री नियुक्त भएनन्

काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ भएको छ । प्रधानमन्त्री सँगै मन्त्रीहरुको पनि सपथ ग्रहण हुने भनिए पनि अन्तिम अवस्थामा  मन्त्रीहरुको सपथ भएन ।

यसअघि तीन सदस्यीय मन्त्रिपरिषद् बन्ने भनिए पनि जेनजीको तर्फबाट नाममा सहमति हुन बाँकी रहेकाले मन्त्री तत्काल नियुक्त नभएको बताइएको छ ।

हाललाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी दिएका छन् ।