धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

गोदावरी–७ का दुई जनामा कोरोना संक्रमण

गोदावरी–७ का दुई जनामा कोरोना संक्रमण

धनगढी

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा ४ सय ३ जनाको स्वाब परीक्षण गर्दा गोदावरी नगरपालिकाको वडा नम्बर ७ का १९ र २२ बर्षका दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो । अस्पतालका प्रमुख मडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेले जारी गरेको बिज्ञप्ति अनुसार हाल सम्म सेती अस्पतालमा मात्रै २० हजार १ सय ३८ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १ हजार ५ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो मात्रै सुदूरपश्चिम प्रदेशमा ८४ जना निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् ।