धनगढी पोष्ट 
                                आइतबार, २९ भदौ २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नया पार्टी नागरिक उन्मुक्ति पार्टी नेपाल गठनको तयारी शुरु गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत रेशमले आफुलाई साथ दिनेहरुलाई नया पार्टीमा जोडिन  आग्रह गरेका छन् ।
उनले फेसबुकमा भनेका  छन् ‘मलाई साथ दिने साथीहरू जोडिनु होला हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद ।’
नाउपा भित्र आफूलाई साथ दिनेहरूलाई पनि सँगै लिएर अगाडी बढ्ने उनले बताए । 
नागरिक उन्मुक्ति पार्टीलाई धन्यवाद दिँदै नागरिक उन्मुक्ति पार्टी नेपालमा स्वागतको आह्वान समेत उनले गरेका थिए ।