धनगढी पोष्ट
बुधबार, ०१ असोज २०८२ मा प्रकाशित
धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीले बिहीबार देखि आंशिसक सेवा दिने तयारी गरेको छ । यातायात व्यवस्था कार्यालय, धनगढीका प्रमुख भुवन जोशीले सक्ने सेवा बिहिवारबाट सुचारु गर्ने बताए । कम्प्युटर लगायत अत्यावश्यक सामाग्री नहुँदा पूर्ण सेवाा दिन तत्त्काल नसकिने जोशीले बताए । आगलागीबाट बचेका लाइसेन्स वितरण र पटकेको काम संगै अभिलेख भएका नामसारी लगायतका का मभने बिहीबार देखि सुरु गरिने उनले बताए ।
सुदूरपश्चिम प्रदेश सरकार मातहतको यातायात कार्यालयले बिहिवारदेखि कर संकलन नयाँ सारी दर्ता, कार्यालयमा बाँकी रहेका सवारी चालक अनुमति पत्र वितरण, यातायात सञ्चालनका लागि पटके पास वितरण लगायतको काम सुरु गर्दै छ । अभिलेख भएका सवारीहरू नामसारीको कामसमेत हुने छ । तर, यातायात कार्यालयमा गरिएको आगजनीका कारण फाइलहरू जलेकाले सवारीको नामसारीमा समस्यासमेत देखिएको जोशीले बताए ।