धनगढी पोष्ट मङ्गलबार, २८ असोज २०८२   October 14, 2025

एउटै व्यत्ति नौ बर्षसम्म संघमा भैरहने प्रवृत्तिको विरुद्ध मेरो उम्मेदवारी हो :  राठी

संघका साथीहरुले बिधान संशोधन गरेर कुनै व्यक्तिले क्षमता भएर पनि संघको पदाधिकारीमा चुनाव लड्न खोजेमा पनि नपाउने गरि रोक लगाए । एक कार्यकाल सदस्य भएपछि मात्र पदाधिकारीमा लड्न पाउने, पदाधिकारी भएपछि मात्र अध्यक्षमा लड्न पाउने बिधानमा व्यवस्था गरे । यो एकदम

एउटै व्यत्ति नौ बर्षसम्म संघमा भैरहने प्रवृत्तिको विरुद्ध मेरो उम्मेदवारी हो :  राठी
सुरेन्द्र राठी वरिष्ठ उपाध्क्ष्या पदका उम्मेदवार कैलाली उद्योग वाणिज्य संघ

सुदुरपचिममा  हार्डवेयरको व्यवसायिक शुरुआत गर्ने राठी इन्टरप्राइजेजका प्रोप्राइटर सुरेन्द्र राठीले कैलाली उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । कैलाली हार्डवेयर व्यवसायी संघका दुइ पटक सचिव र एक पटक अध्यक्ष भैसकेका राठीसँग कैलाली उद्योग वाणिज्य संघको सदस्य भैसकेको अनुभव पनि छ । प्रस्तुत छ, कैलाली उद्योग वाणिज्य संघके निर्वाचनको मिति नजिकिदै गर्दा वरिष्ठ उपाध्यक्षका उम्मेदवार राठीसँग उम्मेदवारीको कारण र मुद्धका बारेमा गरिएको कुराकानी :

कैलाली उवासंघमा वरिष्ठ उपाध्यक्षमा टीम बिना एक्लै उम्मेदवारी किन ?

चुनाव लड्ने मेरो कुनै योजना थिएन । तर संघका साथीहरुले बिधान संशोधन गरेर कुनै व्यक्तिले क्षमता भएर पनि संघको पदाधिकारीमा चुनाव लड्न खोजेमा पनि नपाउने गरि रोक लगाए ।  एक कार्यकाल सदस्य भएपछि मात्र पदाधिकारीमा लड्न पाउनेपदाधिकारी भएपछि मात्र अध्यक्षमा लड्न पाउने बिधानमा व्यवस्था गरे । यो एकदमै अमान्य कुरा हो ।   यसले संघलाई कसैको प्राइभेट लिमिटेड बनाउने जस्तो देखियो ।

आज धेरै  सक्षम व्यवसायीहरु छन्, जो पदाधिकारी भएर संघमा जान इच्छुक छन्, सक्षम  पनि छन् । आज छ बर्षसम्म एक व्यक्ति उद्योग वाणिज्य संघमा छन् ।  यस  पटकको चुनावमा पनि पदाधिकारीमा उम्मेदवारी दिने मध्य अधिककांश वर्तमान कार्यसमितिकै पदाधिकारी र सदस्य छन् । संघ भन्दा बाहिरबाट कोहीले पनि उम्मेदवारी दिन सकेका छैनन् । संघ भन्दा बाहिरबाट मैले मात्र पदाधिकारीमा उम्मेदवारी दिएको छुँ, त्यो पनि एक्लै । परिवर्तनका लागि कसैले अगाडी बढ्नै पथ्र्यो, म परिवर्तनको लागि अगाडी बढ्नु परेको छ ।

सदस्यले मात्र पदाधिकारी र पदाधिकारीले मात्र अध्यक्षमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गलत छ भन्न खोज्नु भएको हो ?

कैलाली उद्योग वाणिज्य संघको मुख्य काम व्यवसायीहरुको हकहित सनिश्चित गर्दै उनीहरुका समस्यालाई समयमा  समाधान गर्ने र वहाहरुलाई   अपडेटेड  र अपग्रेडेड  गराइराख्नु हो ।

कुनै पनि चुनावले नया मान्छे भित्र्याउँछ । नयाँ मान्छे जति राम्रो भित्रियो, त्यति  नै राम्रो नतिजा आउँछ ।  सबैको सोच अलग हुन्छ, ब्रोड माइन्डेड हुन्छन् । नयाँ  आउदा परवर्तन आउँछ । तर  एउटै व्यक्ति घुमिफिरी आइरहन्छ, नौ बर्षसम्म एउटै व्यक्ति भैरहन्छ भने हामी विकासको आशा कसरी गर्न सक्छौं  ?

मेरो मुख्य उदेश्य के हो भने पदाधिकारी हुन कुनै पनि व्यवसायीले सदस्य भएर जान आवश्यकता हुनु हुदैन । किनभने कैलाली उद्योग वाणिज्य संघमा जसरी सक्षम व्यक्तिहरु छन्, बाहिर वस्तुगत संघहरुमा  र केन्द्रमा पनि पुगेका पनि सक्षम व्यक्तिहरु छन् । जसले यसपटक पदाधिकारीमा चुनाड लड्न चाहनु भएको थियो, तर संघको विधान संशोधन गरेर चुनाड लड्नबाट रोकियो । यसरी सक्षम व्यक्ति संघमा पुग्ने बाटो रोकिनु भनेको उद्योग वाणिज्य संघको बिकास रोकिनु हो ।

एक्लै उम्मेदावरी किन ?

मसँग दुवै टीमका व्यक्तिहरु भोट माग्न आएका थिए । मैलै दुवै टीमसँग विधान संशोधनका बारेमा कुरा उठाएको थिएँ । तर सन्तोषजनक जवाफ नपाएपछि केही अरु व्यवसायीहरुसँग पनि मेरो कुरा भयो ।  वहाहरुबाट मुद्धा हाल्ने कुरा आयो । तर मलाई मुद्धाको बाटो रामो लागेन  किनकि यो हाम्रै संस्था हो, हाम्रै साथीहरु छन् । त्यो भन्दा म आफै चुनाव लडेर जान उचित लाग्यो । यसका बिरुद्ध आवाज उठाउन म चुनाव लडेको हो ।

आफ्नो उम्मेदवारीप्रति कस्तो प्रतिकृया पाइराख्नु भएको छ ?

व्यवसायीहरुको प्रतिक्रिया एकदमै राम्रो छ । आ—आफ्नो सोचको कुरा हो । मैले एकदमै सकारात्मक सोचेको पनि होला । २०६२।२०६३ मा म गोपाल हमालको कार्यकालमा म सदस्य थिएँ । त्यतिखेरको स्कुलिङ भएर होला हाम्रो मुख्य काम व्यवसायीहरुलाई सपोर्ट गर्ने हो ।

मैले अहिले बजारबाट राम्रो रेस्पोन्स पाइरहेको छुँ ।  व्यवसायीहरुले तपाई आउनु पर्छ, तपाईले व्यसायीको हकहित बुझ्नु भएकोले उम्मेदवारी स्वागतयोग्य रहेको बताइरहनु भएको छ ।

निर्वाचित भैसकेपछि तपाईका व्यवसायिक मुद्धा के हुन्छन् ?

स्पष्टता, पारदर्शिता, प्रतिवद्धता भएको सशक्त संघ बनाउने  मेरो स्पष्ट लक्ष्य हो । संघ सशक्त भएमा मात्र व्यवसायीहरुको समस्या समाधान गर्न सक्छ, अनि व्यवसायीहरु सुरक्षित हुन्छन् । दोश्रो, व्यवसायीहरुको हकहित र अधिकारको लागि नै कैलाली उद्योग वाणिज्य संघ हो । त्यसै अनुसार व्यवसायीहरुलाई संघमा नै बा्ेलाएर  वहाहरुका समस्या समाधान गर्ने एउटा कार्य हुन्छ ।  त्यो बाहेक विभिन्न किसिमका काउन्सिलिङ ट्रेनिङ र सेमीनार गर्ने, व्यवसायीका समस्या बुझेर समाधानमा अगाडी बढ्ने हुनेछ । यसका लागि पुरै कार्यसमितिका बीचमा साझा बुझाई बिकास गर्ने, सकारात्मक सोचका साथ योजनाबद्ध हिसाबले अगाडी बढ्ने सोच छ ।

सुदुरपश्चिम महोत्सवमा जुन परिवर्तन आउनु पर्ने हो, त्यो देखिएको छैन । त्यसमा पनि योजना बनाएर व्यवसायीहरुको व्यवसाय बढोस्व्यवसायीहरुलाई नया उर्जा देओस्, त्यसका लागि योजना बनाएर लैजान्छौं । कृषि र पर्यटनलाई पनि सपोर्ट पुग्ने गरि योजना बनाउँछौं ।

मतदाताहरुलाई के आग्रह गर्नुहुन्छ ?

संघमा नया नेतृत्व ल्याउने र संघलाई सशक्त बनाउने यो अवसर हो । यसका लागि मतदाताहरुले ने सजग भएर गम्भीर भएर  मत दिनु पर्छ । हरेक उम्मेदवारलाई राम्रोसँग हरेर उचितको छनौट गर्नुस कि को व्यवसायी हो ? अध्यक्षदेखि सदस्य सम्मका सबै पदमा एक एक उम्मेदवारलाई हेरेर मत दिनु होस् । अनि मात्र परिवर्तन आउन सक्छ । परिवर्तन ल्याउनलाई  अलि समय दिनैपर्छ ।  यसका लागि आफनो शक्तिको प्रयोग गर्ने बेला यही हो । सही प्रयोग गर्नु भयो भने मात्र नतिजा आउँछ ।