धनगढी । सुदुरपशिचम प्रदेशमा जेन्जी आन्दोलनका दिन कारागारबाट भागेका झन्ड एक हजार कैदीबन्दीलाई पक्राउ गरिएको छ । भदौ २४ जेन्जीहरुको प्रदर्शनका क्रममा भागेका नौँ सय ७७ जना कैदीबन्दीलाई पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका ६ वटा यकारागार र एक बालसुधार गृहबाट एक हजार ४ सय ५८ कैदिवन्दि फरार भएका थिए ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक निशान्त श्रीवास्तवका अनुसार ६ वटा कारागार र एक बालसुधार गृहबाट भागेका मध्य दशै अघि सम्म ९ सय ७७ कैदी सम्बन्धित कारागारको सम्पर्कमा आएका छन् । डोटी स्थित बाल सुधार गृहबाट भागेका ४६ मध्य ३६ बालकैदी सम्पर्कमा आएका छन् । उनका अनुसार २ सय ९६ जना भने आन्दोलनका क्रममा पनि बारागारमै बसेका थिए । प्रदेशभरी हाल एक हजार दुई सय ७२ जना कैदीबन्दी कारागारमा रहेका छन् ।