धनगढी । कैलालीको कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका– ९ छतिवन सामुदायिक वन क्षेत्रमा पर्ने कर्णाली नदी किनारामा वृद्व महिलाको शव फेला परेको हो । नेपाल प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका– १० घाट गाउँकी ६८ वर्षीया तलसी खनालको शव फेला परेको बताएको छ । उनको शव आइतवार फेला परेको हो ।