धनगढी पोष्ट
सोमबार, २६ साउन २०७७ मा प्रकाशित
धनगढी
जयपृथ्वी राजमार्ग अन्तरगत बझाङको मटेलामा सेती नदीले सडक बगाएपछि बझाङ सदरमुकाम चैनपुर जोड्ने यातायात अवरुद्ध बनेको छ ।
आइतबार रातीदेखी भएको अबिरल बर्षाका कारण सेतीमा आएको बाढीले छबिसपाथिभेरा गाउँपालिका–१ मटेलामा करिव २५ मिटर सडक नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बहादुर बमका अनुसार पहिरोले सडक बगाएपछि चैनपुर तर्फ रहेका १ दर्जन सवारी थन्किएका छन् । नदीमा पानीको सहत अझै बढ्दै गएका कारण अहिले सो क्षत्रमा मानिसको हिडडुल समेत बन्द गरिएको बमले बताए । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय बैतडीलाई खबर गरिएको भएपनि मर्मत टोली नपुगेको उनले बताए । सडक सुचारु हुन तीन÷चार दिन लाग्न सक्ने जनाइएको छ ।