धनगढी पोष्ट
मङ्गलबार, ०४ कार्तिक २०८२ मा प्रकाशित
काठमाडौं । जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग ५ बुँदे माग राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भएको भेटवार्तामा उनीहरुले घाइतेहरूले गोली प्रहार गर्नेलाई कारबाही सहितका माग राखेका हुन् ।
जेनजी आन्दोलनका घाइतेहरुले संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिन लगायतका माग राखेका छन् ।
भेटवार्तामा प्रधानमन्त्री कार्कीले घाइतेहरूका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएकी थिइन् ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने बताइन् ।