धनगढी पोष्ट
बुधबार, ०५ कार्तिक २०८२ मा प्रकाशित
तिहारको लागि फुलको माला किन्न धनगढी उपमहानगरपालिकाको फुल बिक्री केन्द्रमा दिनभरि ग्राहकको भीड लागेको छ । बिहानैदेखि मालाको बिक्री शुरु भए पनि मालाको अभाव हुदा ग्राहकहरुले लामो समय कुर्नु परेको हो ।
यसपटक तिहार चाडो भएका कारण पर्याप्त फुल उत्पादखन भैनसक्दा फुलको अभाव भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य दत्तुराम पाण्डेय माला नपाइदा तीन घण्टा पर्खेपछि माला पाएको बताउँछन् । ‘साढे दश बजेतिर नै उपमहानगरपालिकामा रहेको फुल बिक्री केन्द्रमा पुगिसेकको थिएँ ।’ पाण्डे भन्छन्, ‘तर माला सकिएको रहेन, अनि तीन घण्टा पर्खिएर मात्र माला पाएँ ।’
यसपटक तिहार चाडो भएका कारण फुल पर्याप्त उत्पादन हुन नसक्दा समसय आएको वडा सदस्य पाण्डे बताउँछन् ।
यसपटक भारतबाट फुल निकै कम आएको छ । धनगढीमा ग्राहकको माग धनगढी उपमहानगरपालिकाले प्रवद्र्धन गरेका किसानहरुले उत्पादन गरेका मालाहरु ग्राहकले पाइरहेका छन् ।