धनगढी पोष्ट
बुधबार, ०५ कार्तिक २०८२ मा प्रकाशित
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान ) कैलालीका अध्यक्ष नरेश सिंह धामी धनगढी उपमहानगरपालिका ४ शिवपुरीको जंगलमा मृत अवस्थामा फेला परेका छन् । तीन दिन अघिदेखि सम्पर्कविहीन भएका धामीको आज (बुधवार ) दिउसो शिवपुरीको जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर अहिले बुझ्ने र आवश्यक प्रकृया अघि बढाउने काम गरिरहेको छ ।
धनगढीको मेनरोडमा रहेको एनसिसिए कम्प्युटरका संचालक समेत रहेका धामी सोमबार साझदेखि सम्पर्क विहीन रहेका थिए । साझ घरबाट काम छ भनेर निस्किएका धामी त्यसपछि सम्पर्कमै आएका थिएनन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धामीको बारेमा अनुसन्धान भैरहेको बताएको छ ।