धनगढी पोष्ट शुक्रबार, ०७ कार्तिक २०८२   October 24, 2025

कारको ठक्करबाट घाइते  पैदलयात्री चौधरीको निधन

कारको ठक्करबाट घाइते  पैदलयात्री चौधरीको निधन

धनगढी । कैलालीको भजनी नगपालिकामा   कारको ठक्करा एक पैदल यात्रीको मृतयु भएको छ  । बिहीवार कारको ठक्करबाट घाइते भएकी भजनी नगरपालिका–४ की ४५ वर्षीय फुलबासनी चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भजनी नगरपालिका–४ खैलाडमा बिहीवार दिउँसो बा १७ च ५९६ नम्बरको कारले ठक्कर दिंदा पैदल यात्री चौधरी र ५० वर्षीया आसिया चौधरी घाइते भएका थिए  ।  घाइते असियाको उपचार जारी रहेको प्रहरीले बताएको छ ।

कार चालक लम्की–चुहा नगरपालिका–२ का २९ वर्षीय सुनील डाँगीलाई नियन्त्रणमा लिएको  प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान जारी रहेको जनाएकोे छ ।