धनगढी पोष्ट शुक्रबार, ०७ कार्तिक २०८२   October 24, 2025

सरकारले तोकेको धानको मुल्य नपाएको विरोधमा जिल्ला प्रशासन अगाडी धर्ना

किसानहरुले सरकारले तोकेको मुल्यमा नै धानको मुल्य पाउनु पर्ने माग राखेर  जसको कोही छैन त्यसको हामी छौँ भन्ने अभियानका प्रमुख नेत्र भण्डारी भाइटिकाको दिनदेखि जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा अनसन बसेका हुन् ।

सरकारले तोकेको धानको मुल्य नपाएको विरोधमा जिल्ला प्रशासन अगाडी धर्ना

सरकारले तोकेको भन्दा कम मुल्यमा धान बेच्न  किसानह? बाध्य हुनु भएको विरोधमा कैलालीको लम्कीचुहा नगरपालिकाका एक युवक अनसनमाबसेका छन् ।

किसानहरुले सरकारले तोकेको मुल्यमा नै धानको मुल्य पाउनु पर्ने माग राखेर  जसको कोही छैन त्यसको हामी छौँ भन्ने अभियानका प्रमुख नेत्र भण्डारी भाइटिकाको दिनदेखि जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा अनसन बसेका हुन् ।

कैलालीका सरकारले मोटा धानको ३ हजार ४६३ पैयाँ ८१ पैसा र मध्यम धानको ३ हजार ६२८ ?पैयाँ ३३ पैसा मुल्य निर्धारण गरेको थियो । तर किसानह? तोकिएको मुल्य भन्दा झन्डै १ हजारदेखि १५ सयसम्म कममा किसानहरूले धान बेच्न बाध्य छन् ।

यद्यपि कैलाली  जिल्ला प्रशासनले सरकारले निर्धारण गरेको मूल्य कार्यान्वयन गर्न सूचना पनि जारी गरिसकेको छ ।

सरकारले तोकेको मूल्य पनि किसानले पाउन नसक्नु दुर्भाग्य रहेको भन्दै त्यो मूल्य कार्यान्वयन गराउन अनसन बसेको भण्डारी बताउँछन् ।

सरकारले तोकेको मुल्य भन्दा बढी मूल्य किसानले पाउनु पर्ने हो तर, यहाँ तोकेको मुल्य पनि पाइरहेका छैनन् । किसानले धान फलाउने मूल्य व्यापारीले निर्धारण गर्ने कुरा गलत हो ’ उनले भने ‘अब आफ्नो धानको मुल्य किसानले तोक्नु पर्छ, नत्र सरकारले तोकेको मुल्य व्यापारीले दिनुपर्छ । म त्यही कार्यान्वयनको लागि अनसन बसेको हु ।’