धनगढी पोष्ट
शनिबार, ०८ कार्तिक २०८२ मा प्रकाशित
धनगढी । कैलालीको गोदावरी नगरपालिबाबाट प्रहरीले लागु पद्धार्थ खैरो हिरोइन सहित एक युवकलाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिकाको वडा नम्बर २ मा रहेको बसपार्कबाट डडेल्धुरा अमरगढी न.पा. ० ९ का २१ बर्षीय प्रकाश साँउदलाइ लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानएको छ ।
शंका लागेर चेकजाच गर्दा साउदको साथबाट २ ग्राम ६७० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । सो सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।