धनगढी पोष्ट मङ्गलबार, १८ कार्तिक २०८२   November 4, 2025

आजदेखि बाजुरामा चार दिन दैनिक पाँच घण्टा विद्युत अवरुद्ध हुने

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले पाच दिनसम्म लगातार बिहान साढे ६ बजे देखि ११ बजेसम्म जिल्लाभर विद्युत अवरुद्ध हुने जानकारी दिएको छ ।

आजदेखि बाजुरामा चार दिन दैनिक पाँच घण्टा विद्युत अवरुद्ध हुने

बाजुरा जिल्लामा आज (मंगलवार) देखि दैनिक पाँच घण्टा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध हुने भएको छ । कात्र्तिक १८ गतेदेखि २१ गतेसम्म प्रत्येक दिन बिहान पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले पाच दिनसम्म लगातार बिहान साढे ६ बजे देखि ११ बजेसम्म जिल्लाभर विद्युत अवरुद्ध हुने जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरण डोटीका अनुुसार डोटीको मौवामा रहेको ३३ के.भी. लाइन निर्माण कार्य हुने छ ।

त्यस्तै अछाम फिडरको पोलमा मौवा सबस्टेशनको लागि छुट्टै फिडर बनाउनु पर्ने भएकाले विद्युत अवरोध हुने जनाएको छ । उक्त अवधिभर ३३÷११ के.भी पिपल्ला सबस्टेशनबाट प्रशारण हुने ३३ के.भी अछाम फिडर सटडाउन हुने हुँदा याँहा पनि विद्युत अवरोध हुने भएको हो ।