धनगढी पोष्ट मङ्गलबार, १८ कार्तिक २०८२   November 4, 2025

सरकारद्धरा ४५ जना शहिद घोषणा :  सुदुरपश्चिमका  को को शहिद घोषणा भए ?

सरकारद्धरा ४५ जना शहिद घोषणा :  सुदुरपश्चिमका  को को शहिद घोषणा भए ?

सरकारले भदौ जेनजी पुस्ताद्धारा  गत भदौमा  गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । शहिद घोषणा गरिएका मध्य सात जना सुदुरपश्चिमका जेनजीहरु रहेका छन् ।

मन्त्रिपरिषदको कार्तिक १७  गतेको बैठकले  जेनजीको बिरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरुलाई शहिद घोषणाको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।

जेनजी आन्दोलनका क्रममा काठमाडौं लगायत देशका विभिन्न भागमा मारिएका ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको उनले बताए ।

सुदुरपश्चिमका शहिदहरुमा धनगढी ५ तारानगरका गौरव जोशी, खप्तडछान्ना ७ बझाङ सुभाष कुमार बोहरा, स्वामिकार्तिक खापर २ बाजुरा ओझन बुढा र दुर्गाथली १ बझाङका भीमराज धामी रहेका छन् ।

त्यस्तै  दशरथचन्द नपा  ६ बैतडीका निरज पन्त, शिवनाथ २ बैतडीका  दिपक सिंह साउद र लेकाम ३ दार्चुलाका उत्तम थापा पनि शहिद घोषणा भएका छन् ।

शहिद घोषणा भएका सातै जनाले काठमाण्डौमा भएका जेनजीको प्रदर्शनको क्रममा  ज्यान गुमाएका थिए ।