धनगढी पोष्ट 
                                मङ्गलबार, १८ कार्तिक २०८२  मा प्रकाशित
                            
                         
                        
                     
                    
                         
धनगढी । कन्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले घरमा लुकाइ राखेको अवस्थामा लागु औषध  ( खैरो हिरोइन )  सहित छ जनालाई पक्राउ गरेको छ ।  
कृष्णपुर नगरपालिका  ५ गुलरियाका २१ बर्षीय गणेश बोहराको घरमा सोमवार साझ साढे सात बजे   खानतलासी गर्दा घरको ग्यालरीमा लुकाई छिपाई राखेको अवस्थामा ७ ग्राम ३४० मिलिग्राम लागुऔषध ९खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ० फेला परेको सुदुरपश्चिम प्रदेशप्रहरी कार्यालय धनगढीले जनाएको छ ।
लागु औषध फेला परेपछि घर मालिक बोहरा र घर भित्र बसिरहेकासोही ठाउँका २३ वर्षीय मिलन भट्ट, २२ वर्षीय  रदम भट्ट, ३२ वर्षीय हर्क देउवा, २१ वर्षीय पारस जोशी र एकृष्णपुर  ६ का ३० वर्षीय गणेश बहादुर बिष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र  इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनीहरुबारे  थप अनुसन्धान भईरहेको  प्रहरीे जनाएको छ ।
त्यस्तै, सोमबार नै दिउसो साढे तीन बजेको समयमा कैलालीको टीकापुर नगरपालिका खक्रौला भन्सार चेकपोष्ट नजीकै प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । 
शंका लागि चेकजाच गर्दा १ ग्राम ९९० मिलिग्राम लागुऔषध - खैरो हेरोइन _  सहित  बर्दिया, गेरुवा गाउपालिका  १ छापापुरका  २८ बर्षीय  धर्मेन्द्र आचार्य र सोही ठाउँका २९  वर्षीय आशिष नेपालीलाई पक्राउ गरिएको प्रहरीले जजाएको छ ।