धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

कैलारीमा जारी लकडाउन खुल्यो

कैलारीमा जारी लकडाउन खुल्यो

धनगढी
कैलालरी गाउँपालिकाले जारी गरेको अनिश्चितकालिन लकडाउन हटाएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको कोरोना परिक्षण नेगेटिभ आएका र पुराना संक्रमित निकोभएपछि जारी लकडाउन अन्त्य गरिएको गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीसहितका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि साउन २१ गतेदेखि कैलालरीमा अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरिएको थियो । गाउँपालिकाका अनुसार स्वास्थ्यकर्मी सहितका व्यक्तिको सम्पर्कमा आएका १ सय २५ जना व्यक्तिको स्वाव परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आए पछि सर्वदलिय बैठकले सोमबार देखी लकडाउन खुलाउने निर्णय गरेको हो।

लकडाउन खुलेपछि मंगलबार देखी पूर्ववत रुपमा गाउँपालिकाका सवै कामकाज अघिबढ्ने अध्यक्ष लाजुराम चौधरीले बताए । 


ट्रेन्डिङ