धनगढी पोष्ट मङ्गलबार, ०२ मङि्सर २०८२   November 18, 2025

कन्चनपुरमा करेट लागेर एक जनाको मृत्यु

कञ्चनपुर । कन्चनपुरको बेदकोट नगरपालिकामा करेन्ट लागेर  एक जनाको मृत्य भएको छ ।  निर्मााणाधीन घरमा काम गर्ने क्रममा बेदकोट नगरपालिका ६ मुसेपानी बस्ने ५० वर्षीय हिक्मत सिंह घटालको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोही ठाउँस्थित निमाणाधीन घरमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका घटालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।