धनगढी पोष्ट शनिबार, ०३ माघ २०८२   January 17, 2026

कांग्रेसले अबिलम्ब महासमिति बैठक बोलाउनु पर्छ   : मुख्यमन्त्री शाह

कांग्रेसले अबिलम्ब महासमिति बैठक बोलाउनु पर्छ   : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसले अबिलम्ब महासमिति बैठक बोलाउनुपर्ने बताउनु भएको छ। मंगलबार डोटीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र उत्पन्न अन्तरविरोधको समाधानका लागि महासमिति बैठक अपरिहार्य भएको बताउनु भयो

उहाँले भन्नुभयो, “उत्पन्न परिस्थितिमा महासमिति सदस्यहरूबीच वैचारिक बहस र छलफल चलाउनु पर्छ । छलफल र संवादबाटै समस्या समाधान सम्भव भएकाले अन्य प्रक्रियामा नलझौं ।”

मुख्यमन्त्री शाहले थप भन्नुभयो, “हामी प्रजातान्त्रिक पद्धतिलाई अंगीकार गर्छौं। महासमिति बैठकमार्फत सबैको भावना र विचारलाई मन्थन गरौं।”

भाद्र २३ र २४ गतेका घटनापछि जेन्जिले उठाएका सकारात्मक मागहरूप्रति हामी केन्द्रित हुनुपर्ने हो, तर यहाँ नेतृत्वको होडबाजी किन भइरहेको छ ? भन्ने प्रश्न पनि उहाँले गर्नुभयो।

उहाँले पार्टीभित्र शक्ति सङ्कलन गरेर संगठनलाई बलियो बनाउनका लागि सबै कार्यकर्तालाई एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो।