धनगढी पोष्ट शनिबार, २९ कार्तिक २०८२   November 15, 2025

मोहन्यालबाट गोलिया काठ प्रहरीको नियन्त्रणमा

मोहन्यालबाट गोलिया काठ प्रहरीको नियन्त्रणमा

कैलालीको मोहन्याल गाउपालिकाबाट प्रहरीले तस्करी भैरहेको सालका २ थान गोलिया नियन्त्रणमा लिएको छ ।

मोहन्याल गाउपालिका ६ ठुलागडा स्थित राष्टय बनमा वेवारिसे अवस्थामा रहेको गोलिया  नियन्त्रणमा लिइएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त काठ इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।