धनगढी पोष्ट मङ्गलबार, ०२ मङि्सर २०८२   November 18, 2025

रेशमको नया दल नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ता प्रमाणपत्र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाापत्र पाएको छ । रेशम चौधरीको पहलमा नागरिक उन्मुक्ति पार्टी दर्ता भएको हो  ।

नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्ष कबीर सोप रहेका छन् । दल दर्ताको प्रमाणपत्र बुझ्न चौधरी र कबीर सँगै निर्वाचन आयोग पुगेका थिए ।

२०७८ मा पत्नी रन्जिता श्रेष्ठको अध्यक्षतामा रेशमले नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका थिए । उक्त पार्टीले प्रदेश र प्रतिनिधि सभामा पनि बिजय पाएको थियो । तर पत्नी रन्जितासँग कुरा नमिलेपछि रेशमले नया दल दर्ता गराएका हुन् ।

यसअघि पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।

रेशम चौधरी संरक्षक रहने नयाँ पार्टीको अध्यक्ष कबीर सोप छन् । चौधरी, कबीर सोप लगायत प्रमाण पत्र बुझ्न आयोग पुगेका थिए ।