धनगढी पोष्ट मङ्गलबार, ०२ मङि्सर २०८२   November 18, 2025

कञ्चनपुरका असक्त गणेश चौधरीलाई तिर्थराज पन्तद्वारा ह्विलचेयर र नगद सहयोग

कञ्चनपुरका असक्त गणेश चौधरीलाई तिर्थराज पन्तद्वारा ह्विलचेयर र नगद सहयोग

धनगढी । बेलडाडी गाउँपालिका–३ बैबाहका गणेश चौधरी दुर्घटनाबाट असक्त बनेपछि आर्थिक अभावका बीच कठोर जीवन बिताइरहेका बेला सहायताको हात पुगेको छ । करिब दुई वर्ष अघि काम गर्ने क्रममा खसेर घाइते बनेका चौधरी उपचारपछि पनि पहिलेको जस्तै अवस्थामा फर्किन सकेका छैनन्। अहिले उनी पूर्ण रूपमा असक्त छन् र दैनिक गतिविधि परिवारका सदस्यको सहारामा चल्दै आएको छ ।
आर्थिक अवस्था कमजोर भएकाले सामान्य खाने खर्च समेत धान्न कठिन भइरहेको चौधरी परिवारको समस्या बुझेर युवा समाजसेवी तथा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले व्यक्तिगत पहलमा सहयोग प्रदान गरेका छन्। पन्तले गणेश चौधरीकी पत्नी श्रीदेवी चौधरीलाई एक थान ह्विलचेयर र नगद ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।
ह्विलचेयर पाएपछि श्रीदेवी चौधरीले भावुक हुँदै सहयोगी सबैप्रति आभार व्यक्त गरिन्। साइकल यात्री भरत विक्रम शाहको समन्वयमा ह्विलचेयर तथा नगद सहयोग उपलब्ध गराइएको पन्तले जानकारी दिए।
सहयोग पाएपछि चौधरी परिवारले दैनिक जीवन सहज हुने आशा व्यक्त गरेको छ।