धनगढी पोष्ट मङ्गलबार, ०२ मङि्सर २०८२   November 18, 2025

वन कार्यविधि एक महिनामा बन्छ :  मुख्यमन्त्री शाह

वन कार्यविधि एक महिनामा बन्छ :  मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा रोकिएको वन कार्यविधि तथा वन उपभोक्ता समूहका सवाल प्रदेश सरकारले एक महिनाभित्र पूरा गर्ने बताएको छ ।

शुक्रबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बसेको सरोकारवालासहितको बैठकलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिगो वन व्यवस्थापनसँगै सामुदायिक वनका समस्या सवालका बारेमा भोलिदेखि नै काम थालिने बताउनुभयो ।

 "सिंगो वन क्षेत्र सङ्लो बनाउन र समस्या समाधान गर्नका लागि १३ सदस्यीय कार्यदल निर्माण हुनेछ," मुख्यमन्त्रि शाहले भन्नुभयो, "त्यही कार्यदलले ल्याएको सकारात्मक प्रतिवेदनमा आएको कुरालाई अक्षरसः कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।" सुशासन कायम गर्ने र भ्र्रष्टाचार नियन्त्रणमा सवालमा कुनै सम्झौता नहुने उहाँले बताउनुभयो ।