धनगढी पोष्ट मङ्गलबार, ०२ मङि्सर २०८२   November 18, 2025

हरियाली प्रबद्धन गर्न धनगढीमा साइकल र्याली

हरियाली प्रबद्धन गर्न धनगढीमा साइकल र्याली

धनगढी । हरियाली तथा स्वच्छ नगर निर्माण गर्ने अभियान अन्तरगत धनगढी उप महानगरपाकिलाले शनिबार साईकल र्याली आयोजना गरेको छ । धनगढी स्थित ट्राफिक चौराहाबाट सुरु भएको साइकल र्याली गुरहीचोक हुँदै शिवनगरबाट पार्कमोडमा समापन भएको थियो । र्यालीमा धनगढी उप महानगरपालिकाका नगरप्रमुख गोपाल हमाल सहित सर्व साधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

र्याली समापन गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले स्वस्थ जीवन यापन र स्वच्छ नगर निर्माणका लागि साईकल चलाउनु पर्ने बताए । धनगढीका नगरप्रमुख आफैपनि साईकल चलाउने गरेको बताउँदै धामीले सवै नागरिकलाई साईकल चलाउने वानीको विकास गर्न आग्रह गरे ।

उत्कृष्ठ धनगढीको परिकल्पनाकार विद्यार्थीलाई पुरस्कार

धनगढी उप महानगरपालिकाले उत्कृष्ठ धनगढीको परिकल्पना सहित विद्यार्थीका लागि आयोजना गरेको चित्रकला प्रतियोगितामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्किृत गरेको छ । आधारभुत तह र माध्यामिक तहका विद्यार्थीलाई चित्रकला कार्यक्रममा सहभागि गराइएको थियो । जसमध्य आधारभुत तह तर्फ धनगढी हिमाल एकेडेमी कक्षा ६ मा अध्ययन रत छात्रा झरना बुढा प्रथम, हिमाल एकेडेमी कै कक्षा ७ मा अध्ययन रत छात्र रिजन ठकुल्ला द्धितीय तथा एरिष्टो इङलिस बोर्डिङ स्कुल कक्षा ७ मा अध्ययनरत छात्रा मुकेश बोहोरा तीतृय भएका छन् । त्यसैगरी मावि तह तर्फ थ्रि स्टार इङलिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत छात्रा सितास्मी चौधरी प्रथम, शैलेश्वरी इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत छात्रा भावना भट्ट द्धितीय तथा गुरुकुल एकेडेमी कक्षा १० मा अध्ययनरत छात्र विजार जोशी तृतीय भए । उनिहरुलाई प्रदेश सभा सदस्य रमेस सिंह धामी तथा यूएनडिपिकी वैजन्ति सिंहले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

चित्रकला प्रतियोगिता सहभागि विद्यार्थी भावना भट्टले अहिलेकै शैलीमा कामले तिब्रता पाए आगामी ५–७ बर्षमा धनगढीको स्वरुप परिवर्तन हुन सक्ने बताइन् । ‘अहिलेका मेयरज्युले धेरै राम्रो काम गर्नु भएको छ, भट्टले भनिन्, ‘उहाकै शैलिमा काम भए आगामी ५–७ बर्ष भित्र धनगढी विश्वका उत्कृष्ट शहर जस्लै सुन्दर देखिन सक्छ भन्ने मेरो विश्वास छ ।’