धनगढी पोष्ट
शनिबार, २९ कार्तिक २०८२ मा प्रकाशित
धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले देश रहने वा नरहने भन्ने परिस्थिति पैदा गरिएको बताएका छन् । संघियता, संविधान र गणतन्त्रको रक्षाका लागि नेकपा एमालेले गरेको जन सभाका क्रममा बोल्दै भट्टले एमाले रहेसम्म देशको अस्तित्व गुम्न नदिने बताए । उनले देशको अखण्डता कायमै राख्न खोज्दा एमालेका कार्यालय, नेताका घर जलायर मनोबल कम्जोर बनाउने काम भएको बताए । तर देशको रक्षा गर्न एमाले अझै पनि सशक्त रहेको भट्टको भनाई छ । उनले हजारौंको बलिदानीबाट बनेको संविधान जोगाउन संसद पुनस्र्थापना गर्नुको विकल्प नभएको पनि बताए ।
सरकारले २३ गतेको घटनाको छानविन नै नगरेर सडयन्त्रकारीको रक्षा गरेको भट्टको भनाई छ । सरकार ढलाउने नाममा देशको ईतिहास मेटाउने काम भएको बताउँदै भट्टले हजारौं सहिदको रगतले बनेको संविधानलाई जोगाउन एमालेल संसद् पुनःस्थापनाको माग गरेको बताए ।
मेयर बालेन तर्फ लच्छित गर्दै भट्टले गजेडीको झोकमा चल्दा देशले क्षेति व्यहोर्नुपरेको बताए । ५ हजार भन्दा बढी कैदी बाहिर रहेको र प्रहरिको मनोबल गिरेको वर्तमान अवस्थामा चुनाव सम्भव नभएको भट्टको तर्क छ । एमालेका पोलिट ब्युरो सदस्य तथा कैलाली ईन्चार्ज नारदमुनि रानाले एमाले मार्फत जनता जगाउने काम भइरहेको बताए ।
वर्तमान सरकारलाई टिओवी, गजेडी सरकार, बारबाबार फाउण्डेसन, विदेशिले बनाएको सरकार भन्ने टिकाटिप्पणी भइरहेको रानाको भनाई छ ।
सर्बाेच्च अदालतको प्रधानन्यायधिस भईसकेको व्यक्तिले संविधान मिचेको बताउदै रानाले असंबैधानिक तरिकाले बनेको सरकारका कारण देशनै नरहने अवस्था आएको बताए । देशको रक्षाका लागि जनता जाग्नुपर्ने रानाको भनाई छ । जेनजीका मुद्दा एमालेको घोषणापत्रमै समेटिएको र सोही अनुसार एमालेले काम गरेको रानाको दावि छ । एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय सदस्य लिला भणडारी लगायत नेताले आफ्नो धारणा राखेका थिए ।