धनगढी पोष्ट
आइतबार, ३० कार्तिक २०८२ मा प्रकाशित
धनगढी । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले बाजुरको कोल्टी र कैलालीको मसुरियामा सँचालन गरेको आखा स्वास्थ्य शिविरमा १ हजार ६ शय ८७ जनाले आखा उपचार सेवा लिएका छन् । कोल्टीको शिविरमा १ शय ४३ जना मोतिविन्दुका बिरामीहरुको शल्यक्रिया गरि गुमाएको दृष्टि पुनः प्रदान गरिएको छ ।
एक एक पाईलाको आयोजनासँगको सहकार्यमा कोल्टीमा कार्तिक २४ देखि २७ गतेसम्म सँचालन गरिएको शिविरमा १ शय ४३ जना मोतिविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरि गुमाएको दृष्टि पुनः प्रदान गरिएको गेटा आखा अस्पतालका बाह्रय कार्यत्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए ।
त्यस्तै एभरेष्ट युथ फाउण्डेशन मसुरियाको आयोजना तथा गेटा आखा अस्पताल र जेको फाउण्डेशनको सहयोगमा कार्तिक २९ गते मसुरियामा संचालित शिविरमा ५७ जनालाई मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि गेटा आँखा अस्पताल पठाईएको छ । शिविरमा आएका आँखाका अन्य बिरामीहरुलाई शिविरमा नै निःशुल्क औषधि उपचार गरिएको थियो ।
चश्माको आवश्यकता भएका १ शय २७ जना सेवाग्राहीहरुलाई शिविरमा नै विशेष छूटमा चश्मा उपलब्ध गराईएको थियो ।
आँखा शिविर कोल्टीमा बरिष्ठ नेत्र विशेषज्ञ डा. सुमन थापाको नेतृत्वमा १४ जना प्राविधिकले र आँखा शिविर मसुरियामा गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टको नेतृत्वमा १० जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।
सुदुरपश्चिम प्रदेशमा आँखा उपचार सेवामा सबैको पहूँच बढाई अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा यस अन्तरगत प्रदेशका ९ वटै जिल्लामा संचालित २९ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै आएको छ ।