धनगढी पोष्ट
सोमबार, ०१ मङि्सर २०८२ मा प्रकाशित
धनगढी । भारतबाट भन्सार छली ल्याएको ५८ हजार ६ शय ५० रुपैया मुल्य बाराबारका सामान प्रहरीले धनगढी उपमहानगरपालिकाबाट नियन्त्रणमा लिएको छ ।
धनगढी उपमहानगरपालिका वाड नम्बर २ रामजानकी मन्दिर स्थित भित्री सडक खण्डबाट ल्याएका सामानहरु प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालयले स्विटर, सुटपिस, दोपट्टा, प्लाष्टिक झिल्ली लगायतका सामान बरामद गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।